सूचना तथा समाचार

योजनाको चेक भुक्तानी र नक्शा पास सेवा बन्द हुने बारे सूचना २०७५/०३/०६

यस नीलकण्ठ नगरपालिकाको आगामी वर्ष आ.ब.२०७५/७६ का लागि नीति,कार्यक्रम र बजेट तथा योजना तर्जुमा कार्यको कारण मिति २०७५/०३/०७ देखि ११ गते सम्म योजनाको चेक भुक्तानी र नक्शा स्वीकृतिको सेवा प्रदान नहुने व्यहोरा सूचित गरिएको छ | सम्बन्धित फाँटमा कागजात पेश गरि प्रक्रियामा लैजाने सेवा भने यथावत रहने छ |

नगरपालिका क्षेत्र भित्रका सम्पूर्ण घर जग्गा धनीहरुलाई वहाल कर बुझाउने बारेको सूचना | २०७५/०३/०१

व्यवसाययिक वा व्यक्तिगत प्रयोजनमा घर भाडामा दिनु भएका घर जग्गा धनीहरुले आफैले स्वःघोषण गरी नीलकण्ठ नगरपालिका क्षेत्र भित्रको घर,पसल,टहरा,ग्यारेज तथा जग्गा वहालमा दिए वापत लाग्ने चालु आ.व ०७४÷७५ को वहाल कर कुल घरभाडाको १०%( दश प्रतिशत) २% (दुई प्रतिशत) नगर घर जग्गा कर सहित १२% (बाह्र प्रतिशत) ले ह